दफा ५०
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
(१) प्राधिकरणले आफूले गर्नु पर्ने कार्य सुचारु रुपले संचालन गर्नको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोलीहरु गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि प्राधिकरणले तोकिदिए बमोजिम हुनेछ ।